image
image

जीवन विकास लघुवित्तको संस्थापक शेयर लिलाम विक्रीमा

काठमाडौँ ९ पौष । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ४ लाख ७८ हजार ३३८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

यस कम्पनीहरुका संस्थापकहरुको नाममा बाँडफाँड भएको संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता हकप्रद शेयरलाई नेपाल राष्ट्रबैंकबाट बाँडफाँटको स्वीकृती नभएकाले विद्यमान अन्य संस्थापकहरुमा नेपाल राष्ट्रबैंकद्धारा घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी निर्देशन अनुसार कम्पनीले फेस भ्यालुमा विक्री गर्न लागेको हो ।


सोही कारण कम्पनीका इच्छुक विद्यमान अनय संस्थापकशेयरधनीहरुले माघ १३ गते अपरान्ह ३ बजे सम्म कम्पनीको केन्द्रिय कार्यालय कटहरी मोरङमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको मूल्य प्रतिकित्ता १ सय रहेको छ । एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र आवेदन फारम दिनुपर्ने कम्पनीले जानकारी गराएको छ । 

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन भने बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । माघ १३ गते ३ बजे सम्म प्राप्त भएका बोलपत्रहरु माघ १६ गते आइतवार बिहान १० बजे एनएमबि क्यापिटलमा खुल्ने जानकारी गराएको छ । विक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।