image
image
२४ करोड रुपैयाँको आईपीओ जारी गर्दै मायाखोला आयोजना

२४ करोड रुपैयाँको आईपीओ जारी गर्दै मायाखोला आयोजना

काठमाडौँ १० पुष । साधारण सेयर (आईपीओ) जारी गर्ने अन्तिम तयारीमा रहेको मायाखोला जलविद्युत कम्पनीको काम ८० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ। 

२ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको थियो। निर्माणको अन्तिम चरणमा रहेको माया खोलाले सर्वधारणका लागि २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। 

आयोजनाले केही समयमै आईपीओ जारी गर्ने जनाएको छ। आयोजनाको हाइड्रो र इलेक्ट्रो  मेकानिकल उपकरण जडानको भइरहेको छ। २२ सय मिटर मुख्य सुरुङ खन्ने काम पुरा गरी ढलानको काम पनि सकिएको छ। आयोजनाको बाँकी २० प्रतिशत काम पूरा गरेर आगामी चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। 

आयोजनाबाट २०७८ चैतभित्र विद्युत उत्पादन गर्ने तालिका छ। आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको बानेश्वर सबस्टेसनमा जोडिनेछ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।