image
image

पाँच महिनामा ९६ लाख जीवन बीमा लेख जारी हुदाँ ५७ अर्ब रुपैयाँ संकलन

काठमाडौँ  १० पुस  । पछिल्लो पाँच महिनामा बिमा कम्पनीहरुले अघिल्लो वर्षको तुलनामा आफ्नो व्यवसाय १६.७८ प्रतिशतले बृद्धि गरेका छन्। बीमा समितिले साउन देखि मंसिरसम्मको उपलव्ध गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। गत वर्ष यहिँ अवधीमा ४९ अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। 

पाँच महिनामा ९६ लाख १९ हजार ४ सय ४७ बीमा लेख जारी भएका छन्। उक्त बीमा लेख पनि गतवर्षको तुलनमा २२.९६ प्रतिशतले बढी हो।

जीवन बीमा कम्पनीहरु मध्ये सवैभन्दा धेरै नेपाल लाइफको बजार हिस्सा देखिन्छ। १९ वटा जीवन बीमा कम्पनी नेपाल लाइफले मात्रै पाँच महिनाको अवधीमा १५ अर्ब ४४ करोड शुल्क संकलन गरेको छ। जुन जम्मा संकलन रकमको २६.७१ प्रतिशत हो। 

नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ११.३८ प्रतिशत बजार हिस्सा रहेको छ। भने कर्पोरेशनले मंसिरसम्म ६ अर्ब ५८ करोड बीमा शुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ। तेस्रो धेरै बीमा शुल्क संक्लन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ६४ करोड रुपैयाँ संकलन गरेको छ। जसको  बजार हिस्सा ९.७५ प्रतिशत रहेको छ।

सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५४ करोड २ लाख रुपैयाँ प्रिमियम मात्रै संकलन गरेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।