महिला लघुवित्तको आईपीओ भर्नेमध्ये ३७ प्रतिशतले मात्र पाउने, किन ?
काठमाडौँ १३ फागुन- महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।
नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गका अनुसार संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिए भन्दा झण्डैं ६३ गुणाले नै बढी हो । माग र आवदेकको संख्याका आधारमा गोलाप्रथाबाट हुने आईपीओ बाँडफाँडमा ६३ प्रतिशत बढी आवेदककै हात खालि हुने देखिन्छ । त्यस्तै ३७ प्रतिशतले भने आईपीओ पाउछन् ।