नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?
काठमाडौँ १० पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ३ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । याे साता नेप्सेमा २ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । सूचिकृत हुनेमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २७ लाख ३६ हजार ९ सय ७२ दशमलव ४२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । त्यस्तै मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे ६ कराेड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हो भने साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ८४ हजार ५ सय ८३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।