image
image

पाँच महिनामा ३ अर्ब बढीको सुनचाँदी आयात

काठमाडौँ, ११, पुस । चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा ३ अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोडको चाँदी गरी ३ अर्ब २३ करोडको सुनचाँदी आयात भएको हो ।

मंसिर मसान्तसम्ममा २३ करोड ३७ लाख बराबरको चाँदीमा प्रयोग हुने पाउडर मात्रै आयात भएको छ । उक्त पाउडर तथा चाँदी हङकङ, स्विट्जरल्यान्ड, इण्डोनेसिया, अमेरिका, टर्की, बहराइन, ग्रिसलगायतका देशहरूबाट आयात हुने गरेको विभागले जनाएको छ ।

यस्तै, पछिल्लो पाँच महिनामा ७ करोड ९५ लाख बराबरको काँचो सुन आयात भएको छ । यस अवधिमा १ अर्ब ८८ करोडको सुन आयात हुँदा ५ करोड ९४ लाख बराबरको सुनको गहना र २ करोड २१ लाख बराबरको बहुमूल्य धातु आयात भएको विभागको तत्थ्याङ्कमा उल्लेख छ ।

केन्या, जापान, मोरक्को, टर्की, अमेरिका, सिंगापुर, थाइल्याण्ड कतारलगायतका देशहरूबाट नेपालमा सुन आयात हुने गरेको छ । मंसिर मसान्तसम्ममा २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात भएको भन्सार विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।