नेप्से: इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार
काठमाडौं फागुन १३ । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २७ दशमलव ९८ अंकले घटेर २ हजार ५७१ दशमलव १० विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव शून्य ८ प्रतिशतले घटेको हो । दोस्रो घण्टाको अवधिमा २०० ओटा कम्पनीको रू. २ अर्ब ७७ करोड ५३ लाख ४८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५७ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५४६ मा कारोबार भइरहेको छ । घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।