image
image

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौँ ११ पुष।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो । 

त्यस्तै, कोरोबार रकममा पनि बृद्धि भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बिहिरबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो । साथै आज कूल १३ उपसमूह मध्ये २ समूह बाहेक सबै बढेका छन् ।   

नेप्सेका अनुसार आज २९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् । 

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३२ करोड ७ लाख भन्दा बढीको कारोबार भएको छ ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।