image
image

२८ प्रतिशत सर्वसाधारण बीमाको पहुँचमा

काठमाडौँ ११ पौष ।चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बीमा सेवा पुगेकाे छ । गत वर्ष यसै अवधिमा बीमाको पहुँच २२ दशमलव १४ प्रतिशत रहेको थियो । 

बीमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नाै हजार एक सय ५३ वटा जीवन बीमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ वटा जीवन बीमालेख जारी भएको छ । 

जीवन बीमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बीमालेख संकलन गरेका छन् । यसैगरी मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार निर्जीवन बीमालेखमार्फत ७३ अर्ब २२ करोड बीमाशुल्क संकलन भएको समितिले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बीमा शुल्क उठाएका छन् । यसैगरी, मंसिरमा मात्र तीन अर्ब १३ करोड प्रथम बीमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।