image
image

ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौँ ११ पौष ।नेपाल राष्ट्र बैंकले आगामी मंगलबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै ९१, १८२ र ३६४ दिनका लागि तीन वर्गमा कुल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो । 

बैंकको सूचना अनुसार ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ अर्थात् एक वर्षका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको हो ।उक्त ट्रेजरी बिल आगामी मंगलबार अर्थात् पुस १३ सार्वजनिक हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।