सातै प्रदेशमा सहकारी बैंकको प्रदेशस्तरीय शाखा खोल्न अनुमती
काठमाडौँ। राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा सञ्चालन गर्न स्वीकृति प्राप्त गरेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको हो।
प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ ।
सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरुलाई उक्त प्रदेशको शाखा कार्यालयमा राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरुसंग समन्वयात्मक तथा प्रशासनिक कार्यहरु गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति पाएको बताए।
राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन्। बैंकका करिव १३ हजार सहकारी संघ संस्था सदस्य रहेको बैंकको २ अर्ब ८५ करोड शेयर रकम छ। ५८ अर्ब निक्षेप संकलन गरी ३० अर्ब कर्जा लगानी गरेको छ।