image
image

विराटनगर भन्सारद्वारा पछिल्लो ५ महिनामा साढे १८ अर्ब राजस्व सङ्कलन  

काठमाडौँ, १२, पुस । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा विराटनगर नाकाबाट साढे १८ अर्ब राजस्व संकलन भएको छ। जसमध्ये भन्सारले सबैभन्दा बढी मोटरसाइकल आयातबाट राजस्व संकलन गरेको छ। 

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १८ अर्ब ५१ करोड ६४ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ। त्यसमध्ये मोटरसाइकल आयातबाट १ अर्ब ४२ करोड २२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै तयारी कपडा आयातबाट १ अर्ब १३ करोड १८ लाख २ हजार, पेट्रोलबाट १ अर्ब ८ करोड ६१ लाख ९५ हजार, पोलेथिन दानाबाट ९० करोड ६८ लाख ३८ हजार, स्ट्रील वायर रडबाट ६२ करोड ७७ लाख ८८ हजार, एलपी ग्याँसबाट ६० करोड ४ लाख ५३ हजार, एमएस विलेटबाट ५३ करोड ८४ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ। भटमासको कच्चा तेलबाट ४८ करोड २५ लाख १० हजार, सूर्यमुखीको कच्चातेल आयातबाट ४५ करोड २३ लाख ५३ हजार, कच्चा पामतेलबाट ४१ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

कार्यालयका अनुसार मंसिर महिनामा भन्सारले ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। मंसिरका लागि विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ लक्ष्य तोकिएको थियो । भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।

साउनमा ३ अर्ब ४३ करोड ९१ लाख ६१ हजार राजस्व लक्ष्य तोकिए पनि ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। यस्तै भदौमा ४ अर्ब १६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

असोजमा ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष्य तोकिएकोमा ३ अर्ब ७९ करोड २४ लाख १९ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यस्तै कात्तिकमा ४ अर्ब २३ करोड २३ लाख २५ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।