image
image

 दुई लघुवित्त र एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन

काठमाडौँ, १२, पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई लघुवित्त तथा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आठ प्रतिशत, विजय लघुवित्तको २० दशमलव ०३ प्रतिशत र महुली लघुवित्तको २६ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो।

साधारणसभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

एनसीसी बैंकको समायोजनपछिको भाउ २६३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले आठ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । 

विजय लघुवित्तको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले एक हजार २७२ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० दशमलव ०३ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

महुली लघुवित्तको समायोजनपछिको भाउ एक हजार ५०२ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।