image
image

नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको शेयरमूल्यमा सर्किट

काठमाडौँ  १२ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका दोस्रोे दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलब ६५ विन्दुमा पुगेको हो । आइतबार नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको थियो । 

त्यस्तै, कोरोबार रकममा भने बृद्धि भएको छ । आज ५ अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो । 


नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा गोर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् । 

त्यस्तै, आज जोशी हाइड्रो र घलेम्दी हाइड्रो कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।