image
image

५ महिनामा प्रहरीले उठायो २ अर्ब २० करोड राजस्व

काठमाडौँ १२ पुस । नेपाल प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २ अर्ब २० करोड ८२ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ। संकलित यो रकम गत वर्षको सोही अवधिको तुलनामा १ सय ६ प्रतिशत बढी हो। 

आव २०७७/७८ को साउनदेखि मंसिरसम्मको आवधिमा नेपाल प्रहरीले १ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। प्रहरीले विभिन्न ८ शीर्षकमा राजस्व संकलन गर्दै आएको छ।

प्रहरीले सबैभन्दा बढी राजस्व अवैध सुन बरामदबाट संंकलन गरेको छ। यो शीर्षकमा आव २०७८/७९ मा ८५ करोड ६१ लख ५५ हजार ७ सय ९१ रुपैयाँ राजस्व उठाएकोमा गत वर्ष १९ करोड ४२ लाख ३७ हजार ९ सय ८७ रुपैयाँ राजस्व उठाएको थियो। 

त्यस्तै यो वर्षको साउनदेखि मंसिरसम्ममा अवैध चाँदी बरामद गरेर ५७ लाख ८० हजार ५ सय १५, ट्राफिक कारबाहीबाट ५७ करोड ६० लाख ५५ हजार, अवैध मुद्राबाट ५ करोड ८७ लाख ५५ हजार ५ सय ६७, अवैध मालसामानबाट ४३ करोड ८४ लाख ८५ हजार रुपैयाँ रावस्व प्रहरीले उठाएको हो। 

यसैगरि अवैध काठबाट १ करोड ४४ लाख ८४ हजार ६ सय ४५, अदालती फैसला कार्यान्वयनबाट २५ करोड ७७ लाख २७ हजार ८ सय ७ र मास्क नलगाए बापत जरिवानाबाट ८ लाख १६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो। 

अन्य शीर्षकमा गत वर्षको तुलनामा रावस्व संकलन बढेको भएपनि मास्क नलगाएबापतको जरिवाना भने ८१ प्रतिशतले घटेको नेपाल प्रहरीले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।