अब आईपीओको नतिजा ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइट’मा मात्रै
काठमाडौं १३ फागुन । अब आईपीओको नतिजा ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइट’मा मात्रै राख्न पाउने व्यवस्ता गरिएको छ । सीडीएस एन्ड क्लियरिङले लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै सञ्चारमाध्यममा आईपीओलगायत अन्य धितोपत्र निष्कासनको नतिजा नपठाउन निर्देशन दिएको हो । धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीको परिच्छेद १० बुँदा नम्बर ४७ मा भनिए अनुसार उक्त व्यवस्ता गरिएको बताएका छन् ।
त्यस्तै लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतलाई ध्यानमा राख्दै अब आधिकारिक निकायको वेबसाइटमा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।अब उक्त विवरण सञ्चारमाध्यममा नपठाउन सबै ‘इस्यु म्यानेजर’लाई निर्देशन दिएको आचार्यले बताए । फागुन १४ गत बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओबाटै उक्त व्यवस्था लागु हुने उनले जानकारी दिए ।
अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार हितग्राही नम्बरबाट लगानीकर्ताको गोप्य सूचना बाहिरिन नदिन उक्त निर्णय गरिएको हो ।