image
image

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ, १३, पुस । महालक्ष्मी विकास बैंक लिमिटेडको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

महाकाली जनज्योती आधारभुत विद्यालयको प्राङगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि समेत प्रदान गरिएको कुरा महालक्ष्मी विकास बैंक महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताएका छन्।

महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोहीअनुसार भीमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकाया लगाएत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो ।

गाउँघरमै आएर महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य चेकजाँच र औषधी प्रदान गरेकोमा खुशी लागेको कुरा स्थानियहरुले जाहेर गरेका छन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।