image
image

गरिमा विकास बैंकको ७ अर्ब बराबरको ऋणपत्र बाँडफाँड, यस्तो छ रिजल्ट हेर्ने तरिका ? 

काठमाडौँ, १४, पुस । गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले ७ वर्षे अवधि तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ ऋणपत्र बाँडफाँड गरेको हो ।

बैंकले १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोमा ६ लाख कित्ता व्यक्तिगत तबरबाट र ४ लाख कित्ता सर्वसाधारणहरुको लागि मंसिर १६ गतेदेखि पुष १ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले रितपूर्वक परेको आवेदनहरुमध्ये ५ लाख ३२ हजार १२४ कित्ता पुष १३ गते बाँडफाँड गरेको हो । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित मेरो शेयर वेबसाइट https://meroshare.cdsc.com.np/#/login  बाट रिजल्ट हेर्न सक्नेछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।