image
image

सामान्य अंकले बढ्यो नेप्से, दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि

काठमाडौँ १४ पुष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारका चौथो दिन आज बुधबार ५.५१ अंकको वृद्धि भएको छ ।  आज नेप्से ५.५१ अंकले बढेर दुई हजार पाँच सय २४ दशमलब ५० विन्दुमा पुगेको हो । मंगलबार नेप्से २.६६ अंकले घटेर दुई हजार पाँच सय १८ दशमलब ९९ विन्दुमा पुगेको थियो । 

त्यस्तै, कोरोबार रकममा भने बृद्धि भएको छ । आज ३ अर्ब ६२ करोड ३४ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब १२ करोड ५५ लाख बराबरको कारोबार भएको थियो । आज कूल १३ उपसमूह मध्ये पाँच समूह बाहेक सबै बढेका छन् । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत र नेपाल बंगलादेश बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् । 


त्यस्तै, आज नारायष्णी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्स  शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलीटर लिमिटेडको भएको छ । यस कम्पनीको आज ५२ करोड ५५ लाख भन्दा बढीको कारोबार भएको छ ।    

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।