image
image

हुलाक सेवामा गुगल प्लस कोड प्रयोगमा ल्याइने

काठमाडौँ १३ फागुन- अब हुलाक सेवामा गुगल प्लस कोड प्रयोगमा ल्याइने भएको छ ।  त्यसका लागि मन्त्रालयले हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य–सञ्चालन प्रक्रिया, २०७७ कार्यविधि पास गरेको छ ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवामा सूचना प्रविधि अनुरुप गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ गुगल प्लस काेडसम्बन्धी कार्यविधि ल्याइएको हो ।

हुलाक कार्यालयका प्रमुख प्रद्युम उपाध्यायका अनुसार यसले सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन सहयोग पुर्‍याउने छ । हुलाक सेवा प्रदान गर्ने कार्यालयले गुगल प्लस कोड पद्धतिअनुरुप विद्युतीय माध्यमबाट पनि प्रापकको यकिन ठेगान पहिचान गरी हुलाक सेवा वितरण गर्नसक्ने भएकाले यो हुलाक सेवाका लागि महत्वपूर्ण कदम भएको बताए ।

निशुल्क प्रयोग गर्न सकिने उक्त सेवामा जोडिन सार्वजनिक कार्यालयले आफ्नो प्लस कोड जेनेरेट गरी कार्यालयको नाम अंकित बोर्डमा स्पष्ट बुझिने गरी राख्नुपर्ने उल्लखे गरिएको छ । यसअन्तर्गत गुगल प्लस काेड अंकित बोर्ड सर्वसाधारण तथा सेवाग्राहीले देख्ने गरी राख्नसक्ने उल्लेख गरिएको छ ।

 यसरी राखिने प्लस कोडको प्लेट नीलो रंगमा सेतो अक्षरले लेखिएको हुनुपर्नेछ । यसरी कोड जेनेरेट गर्दा घर तथा कार्यालयको मुख्य द्धारलाई आधार मानेर गर्नुपर्ने उल्लेख गरिएको छ । भाडा लिएर कोठामा बस्नेहरुको हकमा उनीहरुले उक्त घरको मुख्य द्धारलाई आधार मान्न सक्ने उल्लेख गरिएको छ ।
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।