राजश्व चुहावटको आरोपमा नौं जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ १४ पुस । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले युनिक लुद्दिन इन्टरनेशनल प्रालिका चार जना सहित ९ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले युनिक लुद्दिन इन्टरनेशनल प्रालिका जमाललद्दिन अंसारी, जय किशोर साह,सूर्यजित प्रसाद साह र तोयनाथ अधिकारी विरुद्ध १६ करोड ४ लाख २४६ हजार ४३३ रुपैयाँको बिगोे सहित ३२ करोड ८ लाख ९२ हजार ८६६ रुपैयाँ बराबरको सजायको माग दावी गर्दै विभागले मुद्धा दायर गरेको जनाएको छ ।
न्यु माया ट्रेड कन्सर्नका प्रोपाइटर भुवन मुखिया विन विरुद्ध मुल्य अभिवृद्धि कर र आयकर छलि गरेको आरोपमा ३१ लाख ४२ हजार ६५६ रुपैयाँ बिगो सहित ६२ लाख ८५ हजार ३१२ रुपैयाँ बराबरको माग दावी सहित बुधबार मुद्दा दायर गरेको विभागले जनाएको छ ।
त्यस्तै, बुद्ध ज्वेलरी वर्कशपले राष्ट्र बैंकको निर्देशन विपरित सुन पैठारी र अवैध रुपमा सुनको बिक्री वितरण गरेको आरोपमा १२ करोड ५ लाख ८५ हजार ९७८ रुपैयाँको बिगो सहित २४ करोड ११ लाख ७१ हजार ९६५ रुपैयाँ बराबराबरको माग दावी सहित बुद्ध विश्वकर्मा (शंकर) मेघराज विश्वकर्मा, अमिर लगुन विश्वकर्मा र बुद्धिमान खाति विरुद्ध विभागले मुद्दा दायर गरेको छ ।