image
image

आज सेयर बजार बन्द  

काठमाडौँ, १५, पुस । आज सेयर बजार बन्द हुने छ । सरकारले तमु ल्होसारको अवसरमा आज बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ । 

त्यसैले सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ । नेप्से ०.२२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ । 

कूल २२८ वटा कम्पनीको ५६ लाख ३८ हजार २ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।