सार्वजनिक विदा भएपनि आज आरआरटीजीएस प्रणाली सुचारु रहने
काठमाडौँ, १५, पुस । आज बिहिबार सार्वजनिक विदा भए पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । सरकारले आज तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिए पनि नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।
२०७८ पौष १ गते बोलकबोल मार्फत जारी गरिएको रिपोको असुली प्रयोजनका लागि २०७८ पौष १५ गते बिहिवार बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म यो प्रणाली संचालन हुने राष्ट्र बैंकले जनाएको हो।
आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ। आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट हने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ । र्सवसाधारण ग्राहकको तर्फबाट प्राप्त भुक्तानी आदेशहरू बैंक तथा वित्तीय संस्थामा प्राप्त भएको ३० मिनेटभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।