image
image

अघिल्लो वर्षभन्दा १०५ प्रतिशतले बढे बैंकिङ कसुरका मुद्धा  

काठमाडौँ, १५, पुस । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनामा बैंकिङ कसुरका मुद्धा १०५ प्रतिशतले बढेका छन् । 

आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि मंसिरसम्म २ हजार ३ सय ७३ वटा बैंकिङ कसुरका उजुरी परेकोमा चालू आवको पाँच महिनामा १ हजार ८ सय ७ वटा बैकिङ कसुरका उजुरी परेको नेपाल प्रहरीले जनाएको छ । 

प्रहरीको तथ्याङक हेर्दा यो वर्ष देशभर दैनिक १२ वटाभन्दा धेरै बैकिङ कसुरका उजुरी पर्ने गरेको देखिएको छ ।

पछिल्ला आर्थिक वर्षहरुमा यस प्रकारका मुद्धा क्रमशः बढ्दै गएका छन् । आर्थिक वर्ष २०७३र७४ मा देशभर ९३ वटा मात्र बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए।

आर्थिक वर्ष २०७४/७५ मा बैकिङ कसुरका  ७ सय ७६ वटा मुद्धा दर्ता भए । सो वर्ष प्रहरी अनुसन्धाका क्रममा ३ सय १५ जना मानिस पक्राउ परेको मध्ये तीन जना विदेशी नागरिक समेत रहेका थिए।

त्यसपछि आब २०७५/७६ मा ३ हजार १ सय ६७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/७७ मा देशभर ३ हजार ३ सय ९ वटा मुद्दा दर्ता भएका थिए । 

सो वर्ष २० जना विदेशी नागरिकसहित ४ सय ३६ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।