image
image

आठ महिनामा लसुनको मूल्य दोब्बर बढ्यो

काठमाडौँ, २१, पुस । पछिल्लो आठ महिनामा सुकेको लसुनको मूल्य झण्डै दोब्बर पुगेको छ ।उपत्यकाका खुद्रा तरकारी बजारहरुमा अहिले सुकेको चाइनिज लसुन प्रतिकेजी ३८० रुपैयाँ सम्ममा कारोबार भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालिमाटी बजारमा सुकेको चाइनिज लसुनको भाउ औषतमा ३०५ रुपैयाँ तथा नेपाली लसुनको मूल्य प्रतिकेजी औषतमा १९५ रुपैयाँ छ ।

कालीमाटी बजारमा चाइनिज लसुनको मूल्य न्यूनतम ३०० रुपैयाँदेखि अघिकतम ३१० रुपैयाँसम्म कारोबार भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । तर, खुद्रा तरकारी बजारहरुमा भने सोही लसुन प्रतिकेजी ३८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले नेपाली लसुन न्यूनतम प्रतिकेजी १९० रुपैयाँ अधिकतम २०० रुपैयाँसम्मा खरिद बिक्री भइरहेको समितिले जनाएको छ । खुद्रा बजारमा झण्डै प्रतिकेजी २५० रुपैयाँसम्म नेपाली लसुनको कारोबार हुने गरेको छ ।

बजारमा लसुनको मूल्य बढेर आउन थालेपछि मूल्य बढाउन बाध्य भएको व्यापारीहरु बताउँछन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वैशाखको तुलनामा पुससम्म आईपुग्दा नेपाली लसुनको मूल्य प्रतिकिलो ७० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १६० रुपैयाँले बढेको हो ।

बैशाखमा कालिमाटीमा चाइनिज लसुन न्यूनतम प्रतिकिलो १४० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँ तथा नेपाली लसुन प्रतिकिलो न्यूनतम १२० रुपैयाँदेखि अधिकतम १३० रुपैयाँसम्ममा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।