image
image

शेयर बजारमा ३०.७५ अंकको गिरावट, कारोबार रकममा सुधार

काठमाडौँ २१ पुस ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) साताको कारोबारका चौथो दिन आज बुधबार गिरावट आएको  । आज नेप्से ३०.७५ अंकले घटेर दुई हजार ६ सय ४९ दशमलब २० विन्दुमा पुगेको हो । मंगलबार नेप्से ६३.१ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको थियो ।

त्यस्तै, कोरोबार रकममा भने सुधार भएको छ । आज ४ अर्ब ६२ करोड १५ लाख बराबरको कारोबार भएको छ । मंगलबार ४ अर्ब ३२ करोड २ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेको हो ।     


त्यस्तै, आज लघुवित्त कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्टस् को भएको छ । यस कम्पनीको आज १८ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।    

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।