image
image

दुधको मूल्य निर्धारण गर्ने सरकारको तयारी ः प्रतिलिटर कति रुपैयाँले बढ्ने ?

काठमाडौँ, २३, पुस । सरकारले दुधको मूल्य निर्धारणका लागि प्रकृया थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गरिसकेको छ । अध्ययनका आधारमा प्रतिवेदन तयार पार्ने काम भैरहेको बोर्डका प्रमुख राजेन्द्र यादवले बताउनुभयो ।

आइतबारसम्ममा प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारी छ । मन्त्रालयले प्रतिवेदन अध्ययन गरी दुग्धको मूल्य निर्धारण गर्नेछ । दाना, चोकरलगायत दुध उत्पादनका बस्तुको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डले जनाएको छ । बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म बढाउनेगरी गृहकार्य गरिरहेको छ । यसअघि २०७६ साल भदौमा दूधको मूल्य ६ रुपैयाँले बढेर प्रतिलिटर ७६ रुपैयाँ तय भएको थियो । त्यसयता दुधको मूल्य वृद्धि भएको छैन । यसपालि कच्चा दुधकै मूल्य निर्धारण हुने र त्यसका आधारमा प्रशोधित दुधको अर्को मूल्य निर्धारण गर्ने तयारी छ ।

वाग्मती प्रदेश दुग्ध विकास बोर्डले दश रुपैयाँ मूल्य बढाउन कृषि मन्त्रालयलाई सिफारिस गरेको छ । प्रदेश कृषि तथा पशुपन्छी मन्त्री एवं बोर्डका अध्यक्ष बसुन्धरा हुमागाईंको अध्यक्षतामा बसेको बोर्डको बैठकले मूल्य बढाउन अनुरोध गर्ने निर्णय गरेको थियो । अबको १५ दिनभित्र दुधको मूल्यमा समायोजन नभएर वाग्मती प्रदेशले दुधको मूल्य समायोजन गर्ने अध्यक्ष हुमागाईंले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।