विदेशी मुद्राको कारोबार गर्ने बैंकलाई राष्ट्र बैंकको नयाँ निर्देशन
कामठाडौँ २३ पुस ।विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका लागि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ जारी गरेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुको लागि यस्तो निर्देशन जारी गरेको हो ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७६ तथा सोपश्चात् २०७८ पुस १६ गतेसम्म जारी गरिएका परिपत्र र सूचना एकीकृत गरी यसैसाथ संलग्न एकीकृत परिपत्र२०७८ जारी गरिएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।