image
image

सातामा साढे ६ प्रतिशत बढीले बढ्यो नेप्से, औषत कारोबार कति ?

काठमाडौँ २४ पुस।यो साता नेप्से परिसूचक साढे ६ प्रतिशत बढी बढेको छ । गत साता २५२४.५० विन्दुमा बन्द भएको नेप्से, यो साता ६.६५ प्रतिशत अर्थात १६७.९७ अंक बढेर २६९२.४७ विन्दुमा पुगेको हो ।

बजार खुलेको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन उकालो लागेसँगै नेप्सेले उक्त बराबरको अंकले बढेको हो । यो साता सेन्सेटिभ इण्डेक्स ७.४१ प्रतिशत अर्थात ३४.९२ अंक बढेर ५०६.१६ विन्दुमा पुगेको छ ।  साथै फ्लोट इण्डेक्स ७.१९ प्रतिशत अर्थात १२.४३ अंक बढेर १८५.४२ विन्दुमा पुगेको छ । त्यसैगरी, यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स ८.५८ प्रतिशत अर्थात १३.०६ अंक बढेर १६५.२६ विन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेपनि यो साता दैनिक औषत कारोबार रकम भने गत साताको तुलनामा घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ४ अर्ब २५ करोडको मात्र शेयर कारोबार भएको छ । यो साता कारोबार रकम घटेपनि औषत कारोबार संख्या र औषत शेयर संख्या बढेको छ ।

यस साता दैनिक औषत कारोबार संख्या ०.६७ प्रतिशत बढेको छ भने औषत शेयर संख्या ८.९६ प्रतिशत बढेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।