image
image

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब वृद्धि

काठमाडौँ २४ पुस। गत साता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँ वृद्धि भएको छ । गत साता ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको तथ्याङ्कले देखाएको छ ।

वाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाट वृद्धि भई पाँच खर्ब ६९ अर्ब पुगेको देखिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले वृद्धि भएको छ । कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

गत सातामात्र राष्ट्र बैंकले ११ अर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत गरेको थियो। राष्ट्र बैंकले पुनर्कर्जा स्वीकृत गरी बैंक तथा वित्तीय संस्थामा पठाएपछि तरलताको अवस्था केही सहज देखिएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।