यी हुन् कर नतिर्ने कम्पनी (सुचीसहित)
काठमाडौँ २५ पुस। आन्तरिक राजश्व कार्यालय पुतलीसडकले मूल्य अभिवृद्धि कर बक्यौता भएका करदाताहरुलाई मूल्य अभिवृद्धि कर दाखिला गर्न आह्वान गरेको छ । कार्यालयले मूल्य अभिवृद्धि कर बक्यौता दाखिला गर्ने सम्बन्धी आइतबार एक सूचना जारी गर्दै पाँच लाख भन्दा बढी बक्यौता रहेका करदाताहरुलाई १५ दिनभित्र मूल्य अभिवृद्धि कर दाखिला गर्न भनेको हो ।
सूचनामा भनिएको छ– यस कार्यालय अन्तर्गत दर्ता रहेका पाँच लाख भन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता भएका करदाताहरुलाई विभिन्न मितीमा कार्यालयबाट पत्रचार, टेलिफोन, संकलन भ्रमण समेतबाट बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न जानककारी गराईएकोमा हालसम्म पनि दाखिला गरेको वा गर्न नपर्ने प्रमाण पेश नगरेकोले बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गरिसकेको वा गर्न नपर्ने प्रमाण भए पेश गर्न जानकारी गराईन्छ ।









