image
image

नेप्सेमा उच्च अंकको वृद्धि, ७ अर्ब १० करोडको कारोबार

काठमाडौँ २५ पुस। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७३.१ अंकले बढेर दुई हजार ७ सय ६५ दशमलब ४७ विन्दुमा पुगेको हो । त्यस्तै, आज ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ । 


नेप्सेका अनुसार आज नौं कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्श, आइसीएफसी फाइनान्स, न्यादि हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।    

त्यस्तै, आज धेरैजसो डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।     
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।