image
image

माघ १ गतेदेखि लागू हुनेगरि बढ्यो ट्याक्सी भाडा

काठमाडौँ २५ पुस ।बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेको ट्याक्सी सेवाको भाडादर समायोजन भएको छ। माघ १ गतेदेखि लागु हुने गरी भाडा निर्धारण भएको परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरू 'फ्लाग डाउन' ६० रुपैयाँ कायम गरिएको यातायात मन्त्रालय बागमती प्रदेशले जनाएको छ। 

सुरूका एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको नौ रुपैयाँ असी पैसाका दरले थप हुने गरी कायम गरिएको हो। ट्याक्सीहरूले पूर्णरूपमा मिटरको प्रयोग गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ।


ट्याक्सी प्रयोग गर्ने सेवाग्राहीलाई सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको नेपाली तथा अंग्रेजी भाषामा लेखिएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने छ। ट्याक्सीमा छुटेको सामान सेवा प्रदायकले सुरक्षित राखी नजिकको प्रहरीलाई सूचना दिनुपर्नेछ।नियमित रूपमा सरसफाइ गरी लैंगिक विभेदरहित सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।