image
image

४ महिनामा १ अर्ब १७ करोड बढीको काजु र बदाम भित्रियो

काठमाडौँ २५ पुस । नेपालमा चालू आर्थिक वर्षको चार महिनामा १ अर्ब १७ करोड बढीको काजु र बदाम आयात भएको छ ।भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चार महिनामा १ अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र बदाम आयात भएको हो। विभिन्न जातका काजु ६१ करोड ८४ लाख ३३ हजार र ५५ करोड ९५ लाख २१ हजारको बदाम आयात भएका हुन् ।

कात्तिक मसान्तसम्मको तथ्याङ्कमा नेपालीका महान् चाड विजया दशमी र तिहारलाई लक्षित गरी व्यापारीले काजु छ देश र बदाम तीन देशबाट आयात गर्दै आएका छन् ।

काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ । सबैभन्दा धेरै काजु आयात हुने देशमा भारत पर्छ । त्यहाँबाट चालू आर्थिक वर्षको चार महिनामा ३६ करोड ५० लाख १३ हजार खर्चेर चार लाख १७ हजार ४८४ केजी काजु आयात भएको देखिन्छ ।

दोस्रो काजु आयात हुने देशमा भियतनाम पर्छ । त्यहाँबाट सोही अवधिमा १४ करोड ५३ लाख, ६६ हजार खर्चेर एक लाख ८३ हजार ५५४ केजी काजु खरिद गरिएको छ । धेरै काजु आयात हुने तेस्रो देशमा मोजाम्बिक पर्छ । त्यस मुलुकबाट पनि सात करोड तीन लाख ९७ हजार खर्चेर ८९ हजार ९०० केजी काजु खरिद गरिएको छ । यस्तै नाइजेरीयाबाट तीन करोड ५१ लाख ८४ हजारमा ४५ हजार ४५२ केजी र सिङ्गापुरबाट नौ लाख चार हजारमा एक हजारमा १३४ केजी काजु आयात भएको छ ।

सबैभन्दा धेरै बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्षको चार महिनामा त्यहाँबाट ५५ करोड ७६ लाख २९ हजारमा ९ लाख ९ हजार ५६० केजी बदाम आयात भएको छ । भारतबाट १५ लाख ६८ हजारमा एक हजार ६३२ केजी र अफगानिस्तानबाट तीन लाख २४ हजारमा ५०४ केजी बदाम आयात भएको छ । सो अवधिमा काजुको आयातबाट १८ करोड १५ लाख चालिस हजार र बदामबाट १७ करोड १६ लाख ५४ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।