image
image

बिटक्वाईनको मूल्य नोभेम्बरपछि २७ हजार डलरले गिरावट

काठमाडौँ, २६, पुस । विश्वको सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी बिटक्वाईनको मूल्य पछिल्लो केही समयदेखि लगातार गिरावट भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन, जनवरी ७ मा बिटक्वाईन ४१ हजार डलर भन्दा पनि तल झर्यो ।

शनिबार पनि बिटक्वाईनको मूल्यमा थप गिरावट भयो । सो दिन यस क्रिप्टोकरेन्सीको मूल्य ४० हजार डलर बराबरमा झरेको थियो । यो मूल्य २०२१ को सेप्टेम्बरपछिको सबैभन्दा सस्तो हो । तर शनिबार रातीसम्ममा भने बिटक्वाईन ४२ हजार डलर भन्दामाथि पुगेको थियो ।

आइतबार भने बिटक्वाईन ४१ हजार डलर आसपासमा खरिदबिक्री भइरहेको छ ।

सबैभन्दा लोक प्रिय क्रिप्टोकरेन्सी बिटक्वाईनको मूल्य २०२१ नोभेम्बरमा ६९ हजार डलरको उचाईँमा पुगेको थियो । तर त्यसपश्चात भने यसको मूल्य अहिलेसम्ममा २७ हजार डलर अर्थात् ४० प्रतिशतले गिरावट आएको छ ।

बिटक्वाईनको मूल्य जनवरी ७ मा ४।९ प्रतिशतसम्म झरेर ४१ हजार ८ डलरसम्म पुगेको थियो । २०२१ मा क्रिप्टोकरेन्सीमा धेरै लगानी भयो र नयाँ वर्षमा पनि लगानी थप बढ्ने अपेक्षा गरिएको 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।