image
image

स्वास्थ्य मापदण्ड पालना गरेरमात्र सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन 

काठमाडौँ २६ पुस ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। 

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेरमात्र सेवा दिने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो। 

सेवाग्राहीहरूलाई भौतिक दूरी कायम गरेर सेवा दिनुपर्ने, एटीएम बुथको ढोका खुला हुनुपर्ने तथा स्यानिटाइजर अनिवार्य राख्न बैंकले निर्देशन दिएको छ। 

त्यस्तै वित्तीय संस्थाहरूले बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्य्रकम भर्चुअल माध्यमबाट मात्र गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।