image
image

वायुसेवा निगमलाई ४७ अर्ब ऋण

काठमाडौँ २६ पुस । जहाज किन्दा लिएको ऋणको सावा र ब्याज तिर्न नसकेको कारण राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको ऋण करिब ४७ अर्ब रुपियाँ पुगेको छ । निगमले एयरवसको ए३३० (वाइडबडी) र ए३२० (न्यारोबडी) किन्दा लिएको ऋण चैतसम्मा ४७ अर्ब पुगेको वायुसेवा निगमले जानकारी दिएको छ ।

निगमका अनुसार पुस मसान्तसम्ममा ४६ अर्ब १३ करोड ४६ लाख ६५ हजार रुपियाँ ऋण पुगेको थियो । उक्त ऋण १० प्रतिशतको ब्याजदरले पनि मासिक औषतमा ३८ करोड ४४ लाख रुपियाँ थप हुन्छ । यस्तो ऋण पुसपछिको तीन महिनामा एक अर्बभन्दा बढि थपिएको छ भने असारसम्मकै हिसाव गर्दा करिब ४८ अर्ब ऋण पुग्ने अनुमान वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले कर्पोरेट नेपालसँगको कुराकानीमा बताए । उनले ऋणदाता निकायसँग केही रकम छुटसमेत मागेकोले असारसम्ममा करिब ४८ अर्ब नाघ्ने अनुमान गरिएको बताए । 

निगमले २०७८ पुससम्म तिर्नुपर्ने ऋणको सावाँ, ब्याज, ब्याज पूँजीकरण, सरकारबाट विभिन्न शीर्षकमा लिएको ऋण, बैंकबाट लिएको ऋणसहित कुल भुक्तानी गर्नुपर्ने दायित्वसहितको ऋण मात्रै ४६ अर्ब रुपियाँ नाघेको थियो । हरेक तीन महिनामा तिर्नुपर्ने किस्ता नै सवा अर्ब रुपियाँ भएकोले पनि किस्ता र ब्याजको रकम थप हुँदै जाँदा निगमले तिर्नुपर्ने रकम आधा अर्ब नजिक पुगेको वायुसेवा निगमकै पदाधिकारी बताउँछन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।