image
image

सोलुखुम्बुबाट १८ लाख बढीको खुर्सानी निर्यात

काठमाडौँ, ,२७, पुस । हिमाली जिल्ला सोलुखुम्बुबाट एकवर्षमा १८ लाख रुपैयाँको अकबरे खुर्सानी निर्यात भएको छ। यस वर्षको बैशाखदेखि मंसिरसम्ममा जिल्लाबाट १८ लाख रुपैयाँ बराबरको १२ मेट्रिकटन खुर्सानी निर्यात भएको कृषि ज्ञाान केन्द्र सोलुखुम्बुको तथ्यांक छ।

यहाँको अकबरे खुर्सानीको माग पूर्वको धरान, मोरङ, काठमाडौँलगायतका स्थानहरुमा उच्च माग रहेको ज्ञान केन्द्रका सूचना अधिकारी कुल बहादुर राई बताए। माग बढेसँगै यसबाट राम्रो आम्दानी हुने देखिएपछि पछिल्लो समय धेरै कृषकहरु व्यवसायीक खेतीतर्फ अग्रसर भएका छन् । जसका कारण यस वर्ष जिल्लामा अकवरे खुर्सानीको उत्पादनमा ८ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी राईले बताए। गत वर्ष १४० मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष बढेर १५२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

अघिल्लो वर्ष २० हेक्टर क्षेत्रफलमा हुँदै आएको खुसार्नी खेती गत वर्ष २१.३ हेक्टर पुगेसँगै उत्पादनमा वृद्धि भएको छ। जिल्लाको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिका क्षेत्रमा व्यवसायीकरुपमा खुर्सानी खेती गरिदैँ आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।