image
image

मंगलबार पनि शेयर बजारमा सकरात्मक माहोल,४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा नेप्से

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि शेयर बजारमा हरियाली कायमै छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको छ । नेप्से १.७७ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २३२ वटा कम्पनीको एक करोड १९ लाख ७० हजार २ सय १५ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रूपैयाँ ५१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधनबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ६.१५ प्रतिशतले बढेको छ ।

मंगलबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ८३ लाख २२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।