image
image

ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने  

काठमाडौँ १५ फागुन- अब ट्वीटरमा सेफ्टी मोड फिचर आउने भएको छ । उक्त सेफ्टी मोडले स्वत रुपमा नराम्रो कमेन्टहरुलाई ब्लक गर्न सक्ने गरि काम भईरहेको बताएका छन् ।  

यो प्रणालीले उत्पीडन गर्ने अकाउन्टहरुलाई आफै डिटेक्ट गरेर ब्लक गरिदिने छ । कम्पनीले सेयर गरेको स्क्रीन सटको अनुसार प्रयोगकर्ताले अब देखि सेफ्टी मोडको टगल अन गर्न सक्नेछन् ।त्यसपछि ट्वीटरले स्वत रुपमा नराम्रो शब्द तथा अभद्र भाषा प्रयोग गर्ने अकाउन्टलाई म्यूट गरिदिनेछ भने ट्वीटरको नियम पालना नगरेको अकाउन्टहरुलाई ब्लक पनि गरिदिनेछ ।

 त्यस्तै यो फिचरले उत्पीडन या अभद्र भाषा प्रयोग गर्नेलाई सात दिन सम्म ट्वीट गर्न सक्ने क्षमतामा पनि कमि गरिदिन्छ । यो फिचर प्रयोगमा आएको समयमा ट्वीटरले प्रयोगकर्ताहरुलाई नोटिफिकेसन पनि दिनेछ । सेफ्टी मोड कहिले सार्वजनिक हुन्छ भनेर कम्पनीले अहिले सम्म जानकारी दिएको छैन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।