image
image

मूल्य निर्धारणपछि धान बेच्नेको भीड 

काठमाडौँ, २७, पुस । सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ । सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार नौ सय दुई रुपैयाँ निर्धारण गरेको थियो । निजीस्तरका उद्ययागको मूल्य हजार प्रति क्वीन्टल रु दुई हजार ४०० छ । 

यसरी निजीस्तरका उद्ययोगी, व्यापारीभन्दा बढी मूल्यमा कम्पनीले धान खरिद गर्न थालेपछि बारा र पर्साका किसानको सोना मन्सुली धान बिक्री गर्न कार्यालयमा भीड लागेको कार्यालय प्रमुख विकास कटुवालले जानकारी दिए । 

यसपाली सरकारले किसानबाट धान खरिद गर्ने मूल्यमा निजीस्तरका उद्ययोगी व्यापारीभन्दा बढी राखेकोले किसानले केही भए पनि राहत मिलेको नेपा किसान संध पर्साका अध्यक्ष असर्फी शाहले बताए । 

व्यापारीको धानमा मिसावत हुने गरेको तथा किसानका धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र प्रत्येक वर्ष खरिद गर्दै आएको हो । कार्यालयका अनुसार यसवर्ष यस कार्यालयले सोना मन्सुली धान १५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य छ । यद्यपी हालसम्म करिब नौ हाजर सोना मन्सुली धान खरिद गरिसकिएको कायौलयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिए । 

कार्यालयले धान खरिद गरी उत्पादन गर्ने चामल आवश्यकता अनससार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रातहटमा रहेको कारागारमा पठाउने गरेको छ । कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।