image
image

दोहोरो अंकले घटेको शेयर बजारमा  चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौँ २८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३०.५१ अंकले घटेर दुई हजार ८ सय ३ दशमलब ६२ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा भने वृद्धि भएको छ । आज ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।  


नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा कर्पोरेट विकास बैंक, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत कम्पनी  रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।      

त्यस्तै, आज हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको आज २८ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।