नर्भिक अस्पतालले पारित गर्यो ५० प्रतिशतले बोनस
काठमाडौँ २८ पुस ।आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इनटरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीले बोनस शेयर पारित गरेको छ । आज सम्पन्न अस्पतालको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
नर्भिक अस्पतालको हालको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरण पछि चुक्ता पूँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, सभाले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।
नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।