image
image

अर्घखाँची सिमेन्टले बुक बिल्डिङ बिधिबाट आईपिओ निष्काशन गर्ने

काठमाडौँ, २९, पुस । अर्घखाँची सिमेन्ट लिमिटेडले बुक बिल्डिङ बिधिबाट आईपिओ निष्काशनको प्रमुख ऐजेन्डा सहित साधारणसभा डाकेको छ । 

कम्पनीको पौष १२ गते बसेको सञ्चालक समितीको निर्णय अनुसार कम्पनीको २३ औँ बार्षिक साधारणसभा माघ ५ गते अर्घखाँची सिमेन्ट लिमिटेडको कार्यलय थापाथली, काठमांडौमा बिहान ११ बजे सुरु हुने छ । 

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम धितोपत्रकोप्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिा (Book Building) विधिबाट गर्ने र सोहि अनुसार अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्ता छन् सभाका अन्य ऐजेन्डाहरुः

क. सामान्य प्रस्तावहरु:

१) सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) आ.व. २०७७/०७८ को लेखापरिक्षणको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नगद लाभास स्विकृत गर्ने ।

४) कम्पनी ऐनको दफा ७८ अन्र्तगतको प्रतिवेदन र उद्घोषण प्रस्तुत गर्ने ।

५) संचालक समिति पुर्नगठन गर्ने।

६) संचालकहरुको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण गर्ने ।

७) आर्थिक वर्ष २०७४/७९ को लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने।

ख. विशेष प्रस्तावहरुः

१)  सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम धितोपत्रकोप्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिा (Book Building) विधिबाट गर्ने र सोहि अनुसार अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने ।

२) विशेष प्रस्ताव नं १ को व्यवस्था अनुसार प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।

२) प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न ।
संचालक समितिलाई अख्तियारी दिने ।

ग. विविध नोट: शेयरधनी महानुभावहरुलाई कोभिड-१९ को महामारीको कारण अनलाईन जम (Zoom) माध्यमबाट पनि । सहभागी हुने व्यवस्था मिलाईने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।