image
image

एनआईसी एशियाको कार्ड प्रयोग गरि सस्तोडिलमार्फत किनमेल गर्दा १२ प्रतिशतसम्म नगद फिर्ता 

काठमाडौं ।  एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तोडिलमार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रू ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकहरुले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको बैंकले जनाएको छ । बैंक र सस्तोडिल बीचको समझदारीअनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन।। 

यसका लागि ग्राहकले सामग्री गरिद गरेको कुल रकम भुक्तानी गर्नुपर्नेछ र त्यसको सात कार्य दिनपछि बैंकले नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरेको छ । 

यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिएका ग्राहक सहभागी हुन सक्नुहुनेछ । यसका लागि ग्राहकहरूले बैंकको iServe डिजिटल सेवा (https://iserve.nicasiabank.com)मा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।