कमलपोखरीमा सिमेन्टको संरचना भत्काइयो
काठमाडौँ १५ फागुन । हिजो कमलपोखरीमा स्थानीय नागरिकद्वारा सिमेन्टको संरचना भत्काईएको छ । कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गरेको विरोधमा भत्काईएको हो ।
वृहत नागरिक आन्दोलनका सहभागीहरुले कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएका हुन् । पोखरीमा कमल फुल्ने ठाउँमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका हुन् ।

त्यस्तै आन्दोलनका सहभागीहरुले माटोको टीका लगाएर ‘कमलपोखरी मास्न पाइँदैन’, कमलपोखरी जनताको हो भन्दै नारा लगाएका थिए । उनीहरुले विकासका नाममा मौलिकता नमास्न आग्रह गरेका थिए ।
यसअघि वृहत नागरिक आन्दोलनले शुक्रबार नै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने, मातृभाषा संरक्षण गर्नुपर्ने लगायतको माग राखेका थिए ।