image
image

नेप्सेमा ५४.१२ अंकको वृद्धि हुँदा  चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि 

काठमाडौँ २९ पुस। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५४.१२ अंकले बढेर दुई हजार ८ सय ५७ दशमलब ७५ विन्दुमा पुगेको हो ।  


त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको छ । बुधबार ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको थियो ।    

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।      

त्यस्तै, आज नबिल डिभेञ्चर २०८५ को शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकाोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३४ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।