image
image

धितोपत्र बोर्ड अध्यक्षका लागि १५ जनाको आवेदन, (सूचीसहित)

काठमाडौँ २९ पुस। धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन्। धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस गर्न बनेको समितिले माग गरेको आवेदनमा १५ जनाले तोकिएको समयभित्र आवेदन दिएका हुन्। 

धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम देहायको योग्यता भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको र आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भइ ६० वर्ष ननाघेकाले आवेदन दिन योग्य हुने मापदण्ड तोकिएको थियो। 

आवेदन दिनेहरुको सूची 
१. डा गोपालप्रसाद भट्ट
२. खगेन्द्र कटुवाल
३. मुक्ति अर्याल
४.रमेश अधिकारी
५. चिरन्जिवी चापागाई
६. डा नवराज अधिकारी
७. अम्बिका शर्मा लामिछाने
८. कृष्णराज पोखरेल
९. डा जीवन अंगाई
१०. रमेश कुमार हमाल
११. सिताराम थपलिया
१२.डा. केशवप्रसाद श्रेष्ठ
१३. अनिलराज पौडेल
१४. निरज गिरि
१५. हेमन्त बस्याल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।