राजश्व छलीका तीन गाडी समान पक्राउ
काठमाडौँ १५ फागुन- भारतसहितका अन्य मूलुकबाट ठूलो परिमाणमा समान ल्याउँदा कर छली गर्ने पक्राउ परेका खबर आईरहन्छ। त्यस्तै आज पूर्वी नाका झापाको भद्रपुरबाट ल्याईदै गरेका तीन गाडी समान प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको पश्चिम बंगाल र बिहार राज्यसँग जोडिएको नाकाबाट ल्याईदै गरेका मोवाईलमा प्रयोग हुने सामाग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भन्सार कार्यालय भद्रपुर प्रबेश गरी रुजु गरी निस्केका मे. १ ज १८२१, प्र.–१–०१–००१–ज ३४७६ र मे १ ज. २२१८ नम्बरको पिकअपमा ल्याईदै गरेको मोवाईलको सेफ्टी ग्लासको थोरै मात्र राजश्व बुझाईएको र ठूलो परिमाणमा समान ल्याईएको अवस्थामा नियन्त्रणमा लिईएको हो ।
भद्रपुर १० का मनोजकुमार श्रेष्ठको बरामद गरिएको समान २८६ कार्टुन अर्थात ५ हजार १ सय ९९ केजी रहेको छ । जसमा ४ लाख २९ हजार २ सय ७२ थान सेफ्टी ग्लास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।। समान, समानधनी तथा सवारी साधन नियन्त्रणमा लिई भन्सार चोरी पैठारी शीर्षकमा उच्च अदालत इलाममा मुद्दा दर्ता भएको र अदालतबाट १५ दिनको म्याद थप भई अनुसन्धान भई रहेको प्रवक्ता थापाले बताए ।