image
image
महालक्ष्मी लाइफले आईपीओ निष्कासन गर्ने

महालक्ष्मी लाइफले आईपीओ निष्कासन गर्ने

काठमाडौँ, ३०, पुस । महालक्ष्मी लाइफ इन्सुरेन्सले माघ २७ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

कोरोना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ ।


कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । 

आईपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।